
कालीगण्डकीको बाढीले जलजलामा २० भन्दा बढी घर बगायो, सयभन्दा बढी घर जोखिममा

पोखरा । अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले अहिलेसम्म २० भन्दा बढी घर बगाइसकेको र अझै सयभन्दा बढी घर जोखिममा रहेको वडाध्यक्ष हरि विकास जिसीले जानकारी दिएका छन्।
वडाध्यक्ष जिसीका अनुसार कालीगण्डकीको बहाव निरन्तर बढ्दै जाँदा बाढी बस्तीमा पस्न थालेको छ। बाढीको रफ्तार तीव्र रहेकाले थप ठूलो क्षति हुन सक्ने अवस्था रहेको उनले बताए।
‘अहिलेसम्म २०–२५ घर बगाइसक्यो । सयभन्दा बढी घर बगाउने अवस्थामा छ,’ वडाध्यक्ष जिसीले भने, ‘ठूलो क्षति भएको छ।’
बाढीले घर तथा भौतिक संरचनासँगै स्थानीय विद्यालय, विभिन्न कृषि फर्म र गोठसमेत बगाएको छ। बस्तीमा पसेको बाढीले संरचनाहरूलाई समेत बगाएर लैजाँदा ठूलो मात्रामा भौतिक तथा धनमालको क्षति भएको वडाध्यक्ष जिसीले बताए।
बाढीको जोखिम बढ्दै गएपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। हालसम्म कुनै मानवीय क्षति भने नभएको उनले जानकारी दिए।
‘सबैलाई सुरक्षित ठाउँमा सारेका छौँ । मान्छेलाई समस्या छैन,’ उनले भने।
कालीगण्डकी नदीको बहाव अझै बढिरहेको र बाढी बस्तीको थप क्षेत्रमा पस्ने जोखिम रहेकाले स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको समन्वयमा उद्धार तथा स्थानान्तरणको काम भइरहेको जनाइएको छ।
समाज
थप सामाग्री-
नारायणीको बाढी सुस्तामा पसेपछि ८ सयभन्दा बढी नागरिक सुरक्षित स्थानमा सारिए
-
मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता
-
निरन्तर वर्षाले गोकर्णेश्वरमा सोह्र श्राद्ध प्रभावित, पहिलो दिन ६६ जनाले मात्रै रसिद काटे
-
“मिटरब्याजको पुरानो साम्राज्यमाथि सरकारको नजर, वीरेन्द्रलाल श्रेष्ठ अनुसन्धानको घेरामा”
-
सुरक्षाको नाममा चोलेन्द्र जबरामाथि प्रहरीको ‘गोप्य’ व्यवहार, मानव अधिकार आयोगलाई समेत भेट्न दिइएन
सुरक्षा दिन गएको प्रहरी कि पक्राउ गर्न ? अब जवाफ अपराध अनुसन्धान कार्यालयले दिनैपर्छ
१५ घण्टा अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर…





