
म्याग्दीको पाउदार गिवाङमा पहिरोले घर पुरियो, दुई जना सम्पर्कविहीन

पोखरा । लगातारको वर्षापछि आएको पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउदार गिवाङमा एउटा घर पुरिएको छ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार पहिरोले घर पुरिँदा घरमा रहेका दुई जना सम्पर्कविहीन भएका छन्। उनीहरूको अवस्था हालसम्म यकिन हुन सकेको छैन। घटनामा मानवीय क्षति भए–नभएकोसमेत पुष्टि हुन बाँकी रहेको प्रशासनले जनाएको छ।
म्याग्दीमा अहिले पनि निरन्तर वर्षा भइरहेकाले घटनास्थलमा उद्धार तथा क्षतिको विवरण संकलनमा कठिनाइ भइरहेको छ। स्थानीय पत्रकारहरूका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा विद्युत्, इन्टरनेटलगायत सञ्चार तथा सेवा सम्पर्कसमेत प्रभावित भएका छन्।
यसैबीच, अन्नपूर्ण गाउँपालिका–५ कै गोलपानीमा पहिरोले दुईवटा घरमा क्षति पुर्याएको छ। उक्त घटनामा भने मानवीय क्षति नभएको बताइएको छ।
लगातारको वर्षाका कारण म्याग्दीका विभिन्न क्षेत्रमा पहिरो र बाढीको जोखिम बढेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
समाज
थप सामाग्री-
नारायणीको बाढी सुस्तामा पसेपछि ८ सयभन्दा बढी नागरिक सुरक्षित स्थानमा सारिए
-
मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता
-
निरन्तर वर्षाले गोकर्णेश्वरमा सोह्र श्राद्ध प्रभावित, पहिलो दिन ६६ जनाले मात्रै रसिद काटे
-
“मिटरब्याजको पुरानो साम्राज्यमाथि सरकारको नजर, वीरेन्द्रलाल श्रेष्ठ अनुसन्धानको घेरामा”
-
सुरक्षाको नाममा चोलेन्द्र जबरामाथि प्रहरीको ‘गोप्य’ व्यवहार, मानव अधिकार आयोगलाई समेत भेट्न दिइएन
सुरक्षा दिन गएको प्रहरी कि पक्राउ गर्न ? अब जवाफ अपराध अनुसन्धान कार्यालयले दिनैपर्छ
१५ घण्टा अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर…





