
नेपालमा मनसुनसँगै पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको प्रभाव, वर्षाको सम्भावना

काठमाडौँ। नेपालमा हाल मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। यी मौसमी प्रणालीका कारण देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थान आसपास अवस्थित छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका बाँकी हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार सोमबार देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले मौसमी गतिविधिका कारण वर्षा हुने क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।
समाज
थप सामाग्री-
चोलेन्द्र पक्राउ प्रकरणमा रास्वपा चुपचाप, विपक्षी दलको संसद्मा चर्को प्रश्न
-
जबरालाई पक्राउ गर्ने प्रहरी प्रमुखमाथि मानव अधिकार आयोगको छानबिन !
-
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर, प्रहरीको ‘सुरक्षा थ्रेट’ तर्कमै उठ्यो गम्भीर प्रश्न
-
लखन्देही खोलामा नुहाउने क्रममा ७० वर्षीय वृद्ध बेपत्ता, खोजी कार्य जारी
-
हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता
जबरालाई भेट्न आयोगको टोली रोकिएपछि एसएसपी खड्कालाई मंगलबार बयानका लागि बोलाइयो
३ घण्टा अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हिरासतमा रहेका बेला राष्ट्रिय मानव अधिकार…





