समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न महासंघको माग

समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न महासंघको माग
काठमाडौँ । समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेको हो।
महासंघका अनुसार गत शुक्रबार नेपाली कांग्रेस रंगेली नगर अधिवेशनमा समाचार संकलनका क्रममा मकालु टेलिभिजनमा कार्यरत पत्रकार दिलिप अग्रवालमाथि दुर्व्यवहार भएको थियो।
महासंघले स्थानीय नेता लिलाराज खरेलले पत्रकार अग्रवालमाथि दुर्व्यवहार गरेको जनाएको छ। पत्रकार अग्रवालले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्दै समाचार संकलन गरिरहेका बेला भएको उक्त व्यवहारप्रति महासंघले निन्दा गरेको छ।
महासंघले पत्रकारलाई निर्वाध रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न माग गरेको छ।

Facebook Comments Box
जबरालाई भेट्न आयोगको टोली रोकिएपछि एसएसपी खड्कालाई मंगलबार बयानका लागि बोलाइयो
३ घण्टा अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हिरासतमा रहेका बेला राष्ट्रिय मानव अधिकार…

TOP
15 Shares