हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

गोरखा । मनाङको नार्पाभूमिस्थित हिमलुङ हिमपहिरोमा परेर गोरखाका दुई जना बेपत्ता भएका छन् । हिमलुङ आधार शिविरमा क्याम्प निर्माण गर्ने क्रममा हिमपहिरो आएपछि जिल्लाको धार्चे गाउँपालिका-२ केरौँजाका दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजुकुमार क्षेष्ठले जानकारी दिए ।

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पर्वतारोहीको सहयोगीका रूपमा हिमलुङ आधार शिविर पुगेका धार्चे-२ केरौँजाका वीरेन्द्र गुरुङ र आशबहादुर गुरुङ शनिबारदेखि सम्पर्कविहीन रहेका जानकारी दिए । आइतबार बिहान हिमलुङ आधार शिविरको हिमपहिरोमा बेपत्ता भएका दुवै जनाको खोजी कार्यलाई तीव्रता दिन परिवार तथा आफन्तहरूले आग्रह गरेका छन् ।करिब ३२ वर्षका वीरेन्द्र हिमालयन होलिडेज कम्पनीका बेसक्याप सहयोगीका रूपमा र ४५ वर्षका आशबहादुर इम्याजिन नेपाल एक्पिडिसन प्रालिबाट गाइड तथा कुकम्यानको कामका लागि त्यसतर्फ गएका थिए । “आशबहादुर र वीरेन्द्रको घरमा अहिले रुवावासी छ”, पीडित परिवारका अर्जुन गुरुङले भने, “वीरेन्द्रको बुवा, श्रीमती, एउटा तीन चार वर्षको र अर्को पाँच ६ वर्षको छोरा छन् । आशबहादुरको श्रीमती र छोराछोरी काठमाडौँमा छन् । घरमा बुढी आमा हुनुहुन्छ ।”दुवै जनासंँगै हिमलुङ आधार शिविरको हिमपहिरोमा १६ जना बेपत्ता भएका प्रहरी नायब उपरीक्षक क्षेष्ठले जानकारी दिए । उनका अनुसार बेपत्तामध्ये दुई जनाको शव फेला परेर सनाखत भइसकेको छ । तर उनीहरूको अहिलेसम्म अत्तोपत्तो छैन ।

समुद्री सतहबाट चार हजार ८७५ मिटर अग्लो आधार शिविरमा हराएकाहरुको खोजी कार्यका लागि नेपाल राष्ट्रिय पथप्रदर्शक संघ र पर्वतारोहण सञ्चालक सङ्घबाट १४ जनाको उद्धार टोली खटिएका छन् । घटनाका बेला भागेर ज्यान बचाएका १४ जनाको टोली फू बाट आधार शिविरतर्फ गएका पर्वतारोहण पथप्रदर्शक सङ्घका अध्यक्ष तुल्सिङ गुरुङले जानकारी दिए ।

“अहिले मौसम खुलेर खोजतलास गर्न सजिलो भएको छ”, उनले भने, “हिउँ धेरै बाक्लो रहेकाले खोजी कार्य गर्न धेरै समय लाग्छ सक्छ ।”रासस

Facebook Comments Box
जबरालाई भेट्न आयोगको टोली रोकिएपछि एसएसपी खड्कालाई मंगलबार बयानका लागि बोलाइयो
३ घण्टा अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हिरासतमा रहेका बेला राष्ट्रिय मानव अधिकार…

TOP
15 Shares