
लखन्देही खोलामा नुहाउने क्रममा ७० वर्षीय वृद्ध बेपत्ता, खोजी कार्य जारी

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा सहभागी भएका एक वृद्ध लखन्देही सोती खोलामा डुबेर बेपत्ता भएका छन्।
गोडैता नगरपालिका–१ बहादुरपुरका ७० वर्षीय छित्नु साह आज दिउँसो खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार छिमेकीको दाहसंस्कारमा सहभागी भएका साह नुहाउनका लागि खोलामा पसेका थिए। लगातारको वर्षाका कारण खोलामा पानीको सतह बढेका बेला उनी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
साहलाई लखन्देही सोती खोलाले बगाएको आशंका गरिएको छ। उनको खोजी तथा उद्धारका लागि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए।
बेपत्ता साहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
चोलेन्द्र पक्राउ प्रकरणमा रास्वपा चुपचाप, विपक्षी दलको संसद्मा चर्को प्रश्न
-
जबरालाई पक्राउ गर्ने प्रहरी प्रमुखमाथि मानव अधिकार आयोगको छानबिन !
-
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर, प्रहरीको ‘सुरक्षा थ्रेट’ तर्कमै उठ्यो गम्भीर प्रश्न
-
लखन्देही खोलामा नुहाउने क्रममा ७० वर्षीय वृद्ध बेपत्ता, खोजी कार्य जारी
-
हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता
जबरालाई भेट्न आयोगको टोली रोकिएपछि एसएसपी खड्कालाई मंगलबार बयानका लागि बोलाइयो
३ घण्टा अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हिरासतमा रहेका बेला राष्ट्रिय मानव अधिकार…





