
सरकार अराजक ढंगले चल्यो, प्रहरी पनि आदेश पालकमात्रै बन्यो : भीष्मराज आङ्देम्बे

पाँचथर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकार लोकतन्त्रको सामान्य मर्मसमेत आत्मसात नगरी अराजक ढंगले अघि बढिरहेको आरोप लगाएका छन्।
सोमबार पाँचथरमा आयोजित कांग्रेसको क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै आङ्देम्बेले सरकारका पछिल्ला गतिविधिले देशमा सकारात्मक संकेत नदेखिएको बताएका हुन्।
उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउ र त्यस क्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई भेट्न नदिइएको विषयमा समेत प्रश्न उठाए।
‘राति पक्रेर किन लग्यो भन्ने थाहा छैन। मानव अधिकार आयोगका प्रतिनिधिलाई भेट्न दिइएन,’ उनले भने, ‘कुनै पनि क्रियाकलापलाई सरकारले पारदर्शी बनाउन चाहँदैन।’
राणालाई पक्राउ गर्ने र पछि छाडिएको प्रक्रियाप्रति पनि आङ्देम्बेले असन्तुष्टि जनाए। उनले राणामाथि कुनै कमजोरी भए त्यसको कानुनी प्रक्रियाबाट निरूपण हुनुपर्ने भन्दै पक्राउ गर्ने तरिका पनि कानुनसम्मत र पारदर्शी हुनुपर्ने बताए।
‘जसरी पक्राउ गरिएको छ, छोडिएको छ। यो केटाकेटीको खेल भयो,’ उनले भने, ‘उनको कमजोरी कानुनले केलाउला। तर पक्राउ गर्ने पनि तरिका होला।’
आङ्देम्बेले प्रहरी संगठनसमेत सरकारको आदेश पालना गर्ने भूमिकामा मात्र सीमित भएको आरोप लगाए। प्रहरीको व्यावसायिकता र नैतिकतामाथि प्रश्न उठाउँदै उनले बर्दीधारी प्रहरीले आफ्नो जिम्मेवारी र मर्यादा कायम गर्नुपर्ने बताए।
‘खुरुखुरु गएर ल्याएको छ। बर्दीधारी हुनुको एउटा नैतिकता प्रहरीले पनि कायम गर्न सकेको छैन,’ उनले भने।
उनले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काको भूमिकाका कारण सिंगो प्रहरी संगठनप्रति जनताको विश्वास क्रमशः कमजोर हुने खतरा बढेको दाबीसमेत गरे।
आङ्देम्बेले सरकारका गतिविधि पारदर्शी, कानुनी प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।
समाज
थप सामाग्री-
चोलेन्द्र पक्राउ प्रकरणमा रास्वपा चुपचाप, विपक्षी दलको संसद्मा चर्को प्रश्न
-
जबरालाई पक्राउ गर्ने प्रहरी प्रमुखमाथि मानव अधिकार आयोगको छानबिन !
-
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर, प्रहरीको ‘सुरक्षा थ्रेट’ तर्कमै उठ्यो गम्भीर प्रश्न
-
लखन्देही खोलामा नुहाउने क्रममा ७० वर्षीय वृद्ध बेपत्ता, खोजी कार्य जारी
-
हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता
जबरालाई भेट्न आयोगको टोली रोकिएपछि एसएसपी खड्कालाई मंगलबार बयानका लागि बोलाइयो
३ घण्टा अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हिरासतमा रहेका बेला राष्ट्रिय मानव अधिकार…





