
श्रीमुक्तिनाथ रथयात्रा २०८३ : मेची-महाकाली जोड्ने महाअभियान, कार्तिक ८ देखि सुरु

मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्संकल्प अनुसार आयोजना हुँदै आएको यस रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिक स्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामहरू सहित आम नेपालीलाई एक सूत्रमा जोड्ने छ ।
कात्तिक १२ गते भक्तपुरबाट साँगा, बनेपा, धुलिखेल, भकुण्डेबेसी र खुर्कोट हुँदै सिन्धुली पुग्ने रथयात्राले कात्तिक १३ गते सिन्धुली, भीमान, कटारी, गाईघाट र वराहक्षेत्र हुँदै श्रीमुक्तिनाथ मन्दिर, चतराधाममा रात्री विश्राम गर्नेछ ।कात्तिक १४ गते चतराबाट धरान, इटहरी, विराटचोक, बेलबारी, लेटाङ, पथरी, उर्लाबारी र दमक हुँदै झापाको गौशालामा विश्राम गर्ने कार्यक्रम रहेको छ । कात्तिक १५ गते गोवर्धन गौशाला, किल्किले, लालमखोला, माईधार, बिर्तामोड, अर्जुनधारा, बुधबारे, चारआली, भद्रपुर र काकडभिट्टा हुँदै श्रीयोगिराज कमलनयनाचार्य आश्रम, माईधारमा रात्री विश्राम गर्नेछ ।
कात्तिक १६ गते माईधारबाट रङ्गेली हुँदै विराटनगर परिक्रमा गरी श्रीलक्ष्मीनारायण मन्दिर, पाञ्चालीमा विश्राम गरिनेछ । कात्तिक १७ गते विराटनगर, दुहबी, इटहरी, लहान र धनुषा हुँदै जनकपुरधाम पुगेर रथयात्रा रात्री विश्राम गर्ने कार्यक्रम छ ।कात्तिक १८ गते जनकपुरधाम परिक्रमा गरी ढल्केवर, बडहरी, लालबन्दी, बर्दिवास, लालबन्दी, नवलपुर, हरिवन, चन्द्रनिगाहपुर, निजगढ र पथलैया हुँदै सिमरामा विश्राम गर्नेछ । कात्तिक १९ गते सिमरा, पथलैया र अमलेखगञ्ज हुँदै हेटौँडा नगर परिक्रमा गरी श्रीकस्तुरी रङ्गनाथ मन्दिर, चिसापानीमा रात्री विश्राम गर्ने कार्यक्रम तय गरिएको छ ।
कात्तिक २० गते हेटौँडाबाट मनहरी, बसन्तपुर, भण्डारा, पर्सा र टाँडी हुँदै भरतपुर महानगरपालिका परिक्रमा गरी लङ्कुमा विश्राम गरिनेछ ।
कात्तिक २२ गते बर्दघाट, भुताहा, भूमही, सुनवल र बुटवल हुँदै रथयात्रा रुपन्देहीको रेसेन्डुपुरस्थित श्रीबालहंस साङ्गवेद स्वर्गद्वारी आश्रम पुग्नेछ । कात्तिक २३ गते खरेन्द्रपुर, चन्द्रौटा, मालुवाङ, लमही र कोहलपुर हुँदै नेपालगञ्ज पुगेर रात्री विश्राम गरिनेछ ।कात्तिक २४ गते नेपालगञ्जबाट टिकापुर हुँदै लम्कीचुहा क्षेत्रमा विश्राम गर्ने र कात्तिक २५ गते लम्कीचुहाबाट पुनर्वास हुँदै महेन्द्रनगर (महालक्ष्मी) स्थित श्रीराधाकृष्ण मन्दिरमा रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ ।
कात्तिक २६ गते महेन्द्रनगर, भलारी र अत्तरियाको मार्ग हुँदै धनगढीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा रथयात्रा पुग्नेछ । कात्तिक २७ गते धनगढी, हसुलिया, राजापुर र गुलरिया हुँदै कोहलपुरस्थित श्रीरामजानकी मन्दिरमा रात्री विश्राम गरिनेछ ।कात्तिक २८ गते कोहलपुरबाट सुर्खेत हुँदै तुलसीपुरस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गर्ने कार्यक्रम छ । कात्तिक २९ गते तुलसीपुर, घोराही, लमही, गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुगेर रात्री विश्राम गरिनेछ ।
रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा यात्रा विश्राम तथा समापन गरिने कार्यक्रम रहेको छ ।
समाज
थप सामाग्री-
७१औँ प्रहरी दिवसमा एसएसपी रमेश थापा कदरपत्रबाट सम्मानित
-
दसैँ मनाउन सात दिनमा साढे चार लाख यात्रुले छाडे काठमाडौं उपत्यका
-
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
-
आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको सातौँ स्वरूप कालरात्रिको पूजा गरिँदै
-
नवरात्रको छैटौँ दिन आज माता कात्यायनीको पूजाआराधना गरिँदै
दसैँ मनाउन घर फर्किनेको चाप बढ्यो, साढे दुई लाखभन्दा बढीले छाडे काठमाडौं उपत्यका
२ दिन अगाडि
2.1kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । दसैँको फूलपाती नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट आ–आफ्नो घर फर्किने…





