
भाइटीकामा प्रधानमन्त्री बालेनको शुभकामना : प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाउने पर्व

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।
यमपञ्चकको अन्तिम दिन भाइटीकाका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका हुन्।
प्रधानमन्त्री शाहले भाइटीकासँग जोडिएको पौराणिक कथाको स्मरण गर्दै यसको धार्मिक तथा सांस्कृतिक महत्त्वसमेत उल्लेख गरेका छन्।
पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेका थिए। त्यस अवसरमा यमुनाले दाजु यमराजलाई विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गरेकी थिइन्। बहिनीको प्रेम र आतिथ्यबाट प्रसन्न भएका यमराजले त्यस दिन बहिनीबाट टीका ग्रहण गर्ने दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास छ।
यही मान्यताअनुसार भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने परम्परा रहिआएको छ।
यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई दूबो, मखमली र सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको घेरा लगाउने तथा विभिन्न परिकार र मिष्ठान्न खुवाउने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा तथा उपहार दिएर सम्मान प्रकट गर्ने परम्परा छ।
प्रधानमन्त्री शाहले भाइटीकाले नेपाली समाजमा पुस्तौँदेखि कायम पारिवारिक सम्बन्ध, प्रेम, विश्वास र आत्मीयतालाई अझ बलियो बनाउँदै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र मंगल ल्याओस् भन्ने कामना गरेका छन्।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो बिहीबारको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर १५० रुपैयाँ २१ पैसा
७ घण्टा अगाडि
1.4kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक…





