विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन्।

अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन्स’ (राष्ट्रहरूको स्वतन्त्रताका लागि) विषयक विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड शुक्रबार बिहान मस्कोतर्फ प्रस्थान गरेका हुन्।

प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि मस्को गएका छन्।

सम्मेलनमा विभिन्न देशका राजनीतिक दलका नेता, राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

सम्मेलनका क्रममा प्रचण्डले विभिन्न देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूसँग भेटघाट गर्नुका साथै अन्तर्राष्ट्रिय राजनीति, राष्ट्रहरूको स्वतन्त्रता र समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
आईजीपी हटाउने सरकारको हतारो, न्यायालयको ढोका ढकढक्याउँदै दानबहादुर : प्रहरी संगठनलाई राजनीतिक प्रयोगशाला बनाउने प्रयास किन?
१० घण्टा अगाडि

2.7kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी संगठनको नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति होइन, न…

TOP
15 Shares