
भारतको असममा भीषण सडक दुर्घटना : मिनी बस र कन्टेनर ट्रक ठोक्किँदा २६ जनाको मृत्यु

एजेन्सी । भारतको असम राज्यस्थित काजीरंगामा मिनी बस र कन्टेनर ट्रक एकआपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ भएको उक्त भीषण दुर्घटनामा मिनी बसमा सवार यात्रुहरूले ज्यान गुमाएका हुन्।
दैनिक भास्करका अनुसार तीव्र गतिमा रहेको मिनी बस विपरीत दिशाबाट आइरहेको कन्टेनर ट्रकसँग ठोक्किएको थियो। ठक्कर यति शक्तिशाली थियो कि मिनी बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनापछि धेरै यात्रु बसभित्रै च्यापिएका थिए।
घटनास्थलमा पुगेको उद्धार टोलीले बसको फलाम काटेर शवहरू बाहिर निकालेको थियो। दुर्घटनाका बेला बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण भने सार्वजनिक भएको छैन।
मिनी बस बोकाखाटबाट नगाउँतर्फ गइरहेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिमा रहेको बसमाथि चालकले नियन्त्रण गुमाउँदा विपरीत दिशाबाट आएको ट्रकसँग ठोक्किएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको उक्त मिनी बसले यसअघि पनि पटकपटक ट्राफिक नियम उल्लङ्घन गरेको पाइएको छ। बसलाई १२ पटक जरिवाना गरिएकोमा ३८ हजार ५०० भारतीय रुपैयाँ तिरिसकिएको थियो भने थप ४ हजार रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको खुलेको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल कोहोरा मोडल अस्पताल पुर्याइएको थियो। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि जोरहाट मेडिकल कलेज पठाइएको छ।
यस भीषण दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। दुर्घटनाले स्थानीय क्षेत्रमा शोक र त्रास फैलाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
मिथिलामा छठको उल्लास, आज श्रद्धा र भक्तिपूर्वक खरना विधि गरिँदै
-
सशस्त्रमा एक एआईजीको पद रिक्त, बढुवाको प्रतिस्पर्धामा सुरेश, दीपेन्द्र र पुरुषोत्तम !
-
छठको भोलिपल्ट पनि सार्वजनिक बिदा,निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट सुनुवाइ फेरि अन्योलमा
-
पर्साको धोबियाटोला–सबैठवा नाकाबाट प्रहरीकै संरक्षणमा ‘धुवाँधार’ तस्करी ! घुमुवामार्फत असुलीदेखि ‘लाइन’ व्यवस्थापनसम्मको आरोप
-
आज कार्तिक २७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
सिट नपुगेपछि परिवारलाई गाडी चढाएर डेरामै फर्किएका अवधेशले गुमाए गर्भवती श्रीमतीसहित ६ आफन्त
१ दिन अगाडि
1.3kViews 30 Shares Share on Facebook Share on Twitter हेटौँडा । छठ पर्व मनाउन परिवारसहित सर्लाहीस्थित घर जाने तयारीमा रहेका…





