पश्चिमी वायुको प्रभावले तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।

त्यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराईका साथै उपत्यका र खोँचहरूमा भने बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Facebook Comments Box
आज कार्तिक २७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि

2.1kViews 15 Shares Share on Facebook Share on Twitter मेष कार्यक्षेत्रमा पुरानो समस्या सुल्झिनाले विभिन्न अवसरहरु प्राप्त हुनेछन्। पुरानो कारोबारलाई…

TOP
15 Shares