गोरखाको धार्चेमा ठूलो सुक्खा पहिरो, बूढीगण्डकी नदी थुनिने जोखिम नरहेको प्रशासनको भनाइ

गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो खसेको छ।

शनिबार बिहान करिब ९ बजे एक्कासि खसेको पहिरोका कारण केही ढुंगा र माटो बूढीगण्डकी नदीमा पुगेका छन्। तर, पहिरोले नदी थुनिने अवस्था नरहेको स्थानीय प्रशासन र गाउँपालिकाले स्पष्ट पारेका छन्।

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखो क्षेत्रमा रहेकाले तत्काल कुनै जोखिम छैन। नदीमा केही छिटपुट ढुंगा र माटो मात्रै खसेको उनले जानकारी दिए।

गोरखा प्रहरीले पनि पहिरोबाट कुनै मानवीय क्षति नभएको जनाएको छ। पहिरोका कारण उडेको धुलो सडकसम्म आइपुगेको छ।

घटनास्थलको अवस्था बुझ्न तथा आवश्यक सुरक्षा सतर्कता अपनाउन प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments Box
आज कार्तिक २७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि

2.1kViews 15 Shares Share on Facebook Share on Twitter मेष कार्यक्षेत्रमा पुरानो समस्या सुल्झिनाले विभिन्न अवसरहरु प्राप्त हुनेछन्। पुरानो कारोबारलाई…

TOP
30 Shares