
आईजीपी हटाउने निर्णयबाट रास्वपा पन्छियो, सरकारकै विवेक भन्दै जिम्मेवारीबाट उम्किने प्रयास

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको विवादास्पद निर्णयबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई अलग राख्ने प्रयास गरेको छ ।
आईजीपी परिवर्तनको निर्णयलाई लिएर सरकारको आलोचना चुलिँदै जाँदा रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले पार्टीले सरकारलाई कुनै निर्देशन वा दबाब नदिएको दाबी गरेका छन् । उनले आईजीपी हटाउने वा पदमा कायम राख्ने भन्ने विषय सरकारकै विवेक र निर्णयमा निर्भर रहने भन्दै पार्टीलाई विवादबाट अलग देखाउन खोजेका हुन् ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले आईजीपी हटाउन वा यथावत् राख्न पार्टीले कुनै निर्देशन नदिएको स्पष्ट पारे । उनले सरकारलाई दुवैमध्ये कुनै निर्णय लिन दबाब नदिएको जिकिरसमेत गरे ।
‘नेपाल प्रहरीका आईजीपीलाई हटाउने वा यथावत् राख्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन । आईजीपीलाई हटाऊ वा राख भन्ने दुवै किसिमको निर्देशन पार्टीले नदिएको कुरा म पुनः स्पष्ट पार्न चाहन्छु । यो सरकारको विवेक र निर्णयको विषय हो’, खरेलले भने ।
सरकारले कार्यकाल बाँकी छँदै दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर डा. मनोज केसीलाई प्रहरी प्रमुख नियुक्त गरेपछि राजनीतिक तथा सुरक्षा वृत्तमा प्रश्न उठिरहेका छन् । सरकारको निर्णयप्रति पार्टीभित्रैबाट समेत असन्तुष्टि र प्रश्न सार्वजनिक भइरहेका बेला प्रवक्ता खरेलको अभिव्यक्तिलाई रास्वपाको संस्थागत दूरी कायम गर्ने प्रयासका रूपमा हेरिएको छ ।
आईजीपी परिवर्तनको विषय अदालतसम्म पुगिसकेको उल्लेख गर्दै खरेलले कानुनी प्रक्रिया चलिरहेका बेला पार्टीले थप टिप्पणी गर्नु उपयुक्त नहुने बताए । आवश्यक परे सरकारले नै यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।
तर, सरकारको नेतृत्व गरिरहेको राजनीतिक दलले यति गम्भीर संस्थागत निर्णयबारे आफूलाई कुनै निर्देशनकारी भूमिका नरहेको भन्दै पन्छिन खोज्नुले राजनीतिक जवाफदेहितामाथि थप प्रश्न उठाएको छ । प्रहरी नेतृत्व परिवर्तन सरकारको अधिकार क्षेत्रभित्र पर्ने भए पनि त्यसको औचित्य, आधार र प्रक्रियाबारे उठेका प्रश्नको जवाफ दिनुपर्ने जिम्मेवारीबाट राजनीतिक नेतृत्व उम्किन मिल्दैन ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीले सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझेको समाचारमै प्रश्न, राससको समाचार भ्रामक भएको कार्की निकट स्रोतको दाबी
-
जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने, ६०४ किलोमिटरको दूरी रेलबाट जोडिँदै
-
इनमको मोबाइल कुमार बेनको हातमा कसरी पुग्यो ? प्रधानमन्त्रीको सचिवालयमाथि गम्भीर प्रश्न, अनुसन्धानमाथि नै आशंका !
-
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
-
आज कार्तिक २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
आज कार्तिक २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
1.6kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । आज २०८३ कात्तिक २८ गते शनिबार। ज्योतिषीय मान्यताअनुसार आजको…





