
उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज विधिपूर्वक सम्पन्न भएको छ। तराई–मधेशसहित देशका विभिन्न स्थानमा श्रद्धा, भक्ति र उल्लासका साथ छठ पर्व मनाइएको हो।
गत शनिबार पञ्चमी तिथिदेखि निराहार व्रत सुरु गरेका व्रतालुले आज सोमबार बिहान सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चारदिने छठ पर्व सम्पन्न गरेका हुन्। महोत्तरीसहित तराई–मधेशका विभिन्न जिल्लामा सूर्योदयसँगै व्रतालुहरू छठघाटमा पुगेर सूर्यदेवलाई अर्घ्य अर्पण गरेका थिए।
यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गरेका थिए। सूर्य उपासनाको महत्वपूर्ण विधि पूरा गरेसँगै छठघाटमा भक्तजनको चहलपहल बढेको थियो। बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरू पूजासामग्री र प्रसादसहित घर फर्किएका छन्।
छठ पर्वको सुरुवात कात्तिक शुक्ल चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो भोजन गरेर व्रतको सङ्कल्प गर्ने ‘नहाय–खाय’ विधिबाट हुन्छ। पञ्चमी तिथिका दिन एक छाक मात्र सात्त्विक भोजन गरी ‘खरना’ विधि सम्पन्न गरिन्छ। त्यसपछि निराहार व्रत बसेका व्रतालुले षष्ठीका दिन अस्ताउँदो सूर्य र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ।
मिथिला क्षेत्रमा षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ भने सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिन्छ।
छठ पर्व सम्पन्न भएपछि व्रतालुले दीनदुःखी तथा आशामुखीहरूलाई अन्न, वस्त्रलगायत सामग्री दान गर्ने र त्यसपछि प्रसाद ग्रहण गरी व्रत समापन गर्ने परम्परा रहेको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
नेपाल प्रहरीमा एकैपटक ६ एआईजी पद रिक्त हुँदै, बढुवाका लागि दौडधुप सुरु
-
मुगुमा हाइलक्स गाडी ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
-
नियुक्तिपत्र नबुझेका दानबहादुरबारे राससकै समाचारमाथि प्रश्न, सरकारकै सूचनाले गरायो मिडिया ट्रायलको आशंका
-
आज कार्तिक ३० गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
दानबहादुर कार्कीले सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझेको समाचारमै प्रश्न, राससको समाचार भ्रामक भएको कार्की निकट स्रोतको दाबी
जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने, ६०४ किलोमिटरको दूरी रेलबाट जोडिँदै
१ दिन अगाडि
1.8kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । भारतको भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित…





