कावासोतीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

आइतबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११, लोकाहामा धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका २५ जनाकै अवस्था सामान्यदेखि मध्यम रहेको छ। दुर्घटनालगत्तै प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाएको छ।

प्रहरीका अनुसार घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ। बस दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने, ६०४ किलोमिटरको दूरी रेलबाट जोडिँदै
१ दिन अगाडि

1.8kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । भारतको भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित…

TOP
15 Shares