
छठघाटमा पूजा सामग्री कुर्न बसेका ६० वर्षीय वृद्ध मृत फेला, घटनास्थलमा रगत

जनकपुरधाम । धनुषामा छठघाटमा पूजा सामग्रीको रेखदेख गर्दै राति बसेका एक वृद्ध शंकास्पद अवस्थामा मृत फेला परेका छन्।
मृत्यु हुनेमा शहीदनगर नगरपालिका–२ निवासी ६० वर्षीय रामजतन यादव रहेका छन्। उनलाई स्थानीयवासीले मनेजर यादवका नामले चिन्ने गरेका थिए।
प्रहरीका अनुसार यादव गएराति मतौना गाउँदेखि पूर्वतर्फ निर्माण गरिएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा पूजा सामग्री कुरेर एक्लै बसिरहेका थिए। सोही क्रममा उनी मृत अवस्थामा फेला परेका हुन्।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मृतक यादवको गालामा चोट लागेको निशान र रगतसमेत देखिएको छ। घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।
प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का तथा अनुसन्धानको प्रक्रिया अघि बढाइरहेको डीएसपी खनालले जानकारी दिए। घटनाको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
नेपाल प्रहरीमा एकैपटक ६ एआईजी पद रिक्त हुँदै, बढुवाका लागि दौडधुप सुरु
-
मुगुमा हाइलक्स गाडी ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
-
नियुक्तिपत्र नबुझेका दानबहादुरबारे राससकै समाचारमाथि प्रश्न, सरकारकै सूचनाले गरायो मिडिया ट्रायलको आशंका
-
आज कार्तिक ३० गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
दानबहादुर कार्कीले सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझेको समाचारमै प्रश्न, राससको समाचार भ्रामक भएको कार्की निकट स्रोतको दाबी
जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने, ६०४ किलोमिटरको दूरी रेलबाट जोडिँदै
१ दिन अगाडि
1.8kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । भारतको भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित…





