मुक्तिनाथ विकास बैंकद्वारा ‘लोन एप्लिकेसन ट्रयाकिङ’ सेवा सञ्चालनमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकलाई कर्जा आवेदनको अवस्था र प्रगतिबारे सहजै जानकारी उपलब्ध गराउने उद्देश्यले ‘लोन एप्लिकेसन ट्रयाकिङ’ सेवा सञ्चालनमा ल्याएको छ ।

नयाँ सेवामार्फत ग्राहकले बैंकमा पेस गरेको कर्जा आवेदन कुन चरणमा पुगेको छ, कर्जा मूल्यांकन तथा स्वीकृति प्रक्रिया कहाँसम्म पुगेको छ र आवेदनसँग सम्बन्धित पछिल्ला अद्यावधिक विवरण के छन् भन्ने जानकारी डिजिटल माध्यमबाट प्राप्त गर्न सक्नेछन् ।

यस सेवाले कर्जा आवेदनको अवस्थाबारे जानकारी लिन बैंकमै पुग्नुपर्ने वा पटक–पटक सम्पर्क गर्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ । ग्राहकले जुनसुकै समय र स्थानबाट आफ्नो कर्जा आवेदनको प्रगति अनुगमन गर्न सक्नेछन् ।

डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी, पारदर्शी र ग्राहककेन्द्रित बनाउने उद्देश्यसहित बैंकले यो सेवा सञ्चालनमा ल्याएको हो ।

Facebook Comments Box
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
२ दिन अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारीमा…

TOP
15 Shares