आज प्रतिनिधिसभाका पाँच समितिको बैठक, विभिन्न विधेयकमाथि छलफल हुँदै

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका पाँचवटा विषयगत समितिको बैठक आज बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ, उद्योग वाणिज्य तथा श्रम र उपभोक्ता हित, महिला तथा सामाजिक, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ। विधेयकमा प्रस्तावित कानुनी व्यवस्था, संशोधनका प्रावधान तथा खारेज गर्न प्रस्ताव गरिएका कानुनका विषयमा छलफल हुनेछ।

त्यस्तै, उद्योग वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यक्रम छ।

महिला तथा सामाजिक समितिको बैठक भने बिहान ९ बजे बसिसकेको छ। बैठकमा दफावार छलफलका लागि प्राप्त ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि छलफल भइरहेको छ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘चलचित्र विधेयक, २०८१’ माथि संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ९ः३० बजेका लागि निर्धारित छ। बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सम्बन्धमा छलफल हुनेछ। साथै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि समेत छलफल गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

Facebook Comments Box
आज मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
७ घण्टा अगाडि

1.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष प्रतिष्ठित कार्य प्रारम्भ गर्ने मौका मिल्नेछ। कार्यक्षेत्रमा आत्मबल र धैर्य…

TOP
30 Shares