धादिङमा टिपरको ठक्करबाट २८ वर्षीय मोटरसाइकल चालकको मृत्यु

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंगलबार गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिकाका २८ वर्षीय बरुणप्रसाद भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा संलग्न टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी ३३ वर्षीय गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box
आज मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
६ घण्टा अगाडि

1.7kViews 15 Shares Share on Facebook Share on Twitter मेष प्रतिष्ठित कार्य प्रारम्भ गर्ने मौका मिल्नेछ। कार्यक्षेत्रमा आत्मबल र धैर्य…

TOP
30 Shares