

देशभर हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपात
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले चिसो बढिरहेको छ।
यसबाट दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ। यसैबीच आज काठमाडौं उत्यकाको तापक्रम ५.२ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। मानन्धरका अनुसार हिजो बिहाबार काठमाडौँ उत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो।
आज (शुक्रबार) दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
भोलि शनिबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





