

गोसाइँकुण्ड क्षेत्रमा हिमपात
रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आज हिमपात भएको छ । फाट्टफुट्ट वर्षासँगै परेको हल्ला हिमपातले लौरी विनायक, चन्दनबारी, यार्सा माथिको भञ्ज्याङ हाकुमाथीको डाडालगायतका क्षेत्रमा हिमपात भएको हो ।प्रत्येक वर्ष मङ्सिरको अन्तिम सातादेखि नै सेतै हुने लौरी विनायक क्षेत्र यस वर्ष भने आज मध्यानदेखि मात्र सेतै भएको छ । आज परेको हिउँ अत्यन्तै पातलो भएका कारण चाँडै विलय हुने स्थानीय बासिन्दाले आँकलन गरेका हुन् । बेसीँ भागमा खासै पानी नपरेको स्थानीय किसानले जनाएका छन् । समयमा पानी नपरेको कारण गहुँ तथा जौजस्ता हिउँदे बालीमा नकारात्मक असर परेको यार्साका रामकाजी तामाङले बताए ।
दक्षिणी भेकको बनुवा, पहिरेबेँसी, कुडुले जिबजिबेको फाँटजस्ता सीञ्चित क्षेत्रको जमिनमा रोपिएको आलु तथा तोरी किसानले भित्र्याउन थाली सकेको जीवजीवे क्षेत्रका समाजसेवी चीरञ्जीवी पौडेलले जानकारी दिए ।उत्तरी रसुवामा लगाइने वर्षे आलु भने रोप्ने कार्य धमाधम अगाडि बढेको छ । स्थानीय किसानका अनुसार लेकाली जमिनमा कृषि उपज तयार हुन लामो समय लाग्ने र जमिनमा चिसोपन नभए पनि छिट्टै वर्षा होला भन्ने अपेक्षाका साथ कृषि कार्य अगाडि बढाइएको हो ।रासस
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





