खोटाङको साकेला गाउँपालिकाले लेटर प्याडमा कोशी प्रदेश उल्लेख नगर्ने निर्णय

खोटाङ, १६ जेठ । खोटाङको साकेला गाउँपालिकाले लेटर प्याडमा कोशी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको छ ।
१ नम्बर प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर समुहले आन्दोलन चर्काइरहेका बेला साकेला गाउँपालिकाले आफ्नो लेटर प्याडमा कोशी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको हो । जेठ १४ गतेको कार्यपालिका बैठकले पालिकाभित्र प्रयोग गरिने लेटर प्याडमा कोशी उल्लेख नगर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश नामाकरण लगत्तै विरोधमा उत्रिएको किरात राई यायोक्खा खोटाङले संघ संस्थादेखि राजनैतिक दल सम्मलाई साइनबोर्ड, लेटर प्याड र छापमा कोशी प्रदेश नलेख्न आग्रह गरेको थियो ।
पहिचान पक्षधर समुहको सेन्टीमेन्ट बटुल्नका लागि जिल्लाका विभिन्न स्थानीय तहले पनि लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोशी प्रदेश नलेख्ने निर्णय गरेका छन् । स्थानीय तहभित्र प्रयोग हुने लेटर प्याडमा कोशी उल्लेख नगरे पनि प्रदेश र संघमा पठाइने लेटर प्याडमा भने कोशी नै उल्लेख गर्ने गरिएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन
-
ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन

परिवारलाई बदनाम गराउने उद्देश्यले भिडियो बनाउनेलाई सजाय हुनुपर्छ: परराष्ट्रमन्त्री राणा
२ दिन अगाडि
1.9kViews 264 Shares Share on Facebook Share on Twitter काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफू तथा आफ्ना परिवारलाई…