

शनिले तोड्यो बृहस्पतिको रेकर्ड
सौर्यमण्डलका ग्रहहरूका आफ्नै उपग्रह अर्थात् ‘चन्द्रमा’ छन्। कुनैका धेरै छन् त कुनैका थोरै। पछिल्लो समय सबैभन्दा धेरै उपग्रह भएको ग्रहको उपाधिको दौडमा शनिले बृहस्पतिलाई अन्तिम पटक उछिनेको छ। केही समय अघिसम्म सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिले आफूलाई उपग्रह पनि धेरै भएको ग्रहको रूपमा स्थापित गरेको थियो। तर, त्यो स्थान लामो समय ओगट्न सकेन। शनिको थप ६२ उपग्रहहरू पत्ता लागेसँगै बृहस्पतिलाई फराकिलो दूरीमा उछिनेको छ। बृहस्पतिको ९५ उपग्रह हुँदा अब शनिको १ सय ४५ पुगेको छ। खगोलविद् भन्छन्, ‘अब यो प्रतिस्पर्धा रहेन। शनिलाई भेट्न बृहस्पतिलाई लामै समय लाग्न सक्छ, या नभेट्न पनि सक्छ।’ गत फेब्रुअरी महिनामा बृहस्पतिको नजिक १२ वटा नयाँ उपग्रह फेला परेका थिए। त्योसँगै बृहस्पतिको उपग्रहको संख्या बढेर ९५ पुगेको थियो। अन्तर्राष्ट्रिय खगोलविज्ञान संघले शनिको उपग्रह बढेकाले सर्वाधिक उपग्रह भएको ग्रहको स्थान ओगटेको पुष्टि गरेका छन्। क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालय ९यूबीसी०का अनुसार शनि ग्रहका पत्ता लागेका नयाँ उपग्रहको नामकरण छिट्टै गरिनेछ। यूबीसीका प्राध्यापक ब्रेट ग्लेडम्यान भन्छन्, ‘कतिपय उपग्रहलाई क्यानडाको इनउइट देवताहरूको नामबाट राखिनेछ भने कतिपयको नाम ग्यालिक तथा नर्स आदि राखिनेछ।’ शनिको ६२ वटा नयाँ उपग्रह पत्ता लगाउने टिममा प्राध्यापक ब्रेट पनि सहभागी थिए।
नासाका अनुसार शनिको पहिलो उपग्रह टाइटनलाई सन् १६५५ मा डच वैज्ञानिक क्रिस्टियान ह्युजेन्सले पत्ता लगाएका थिए। त्यसपछि, जिन–डोमिनिक क्यासिनीले सन् १६७१ र १६८४ को बीचमा थप चार वटा पत्ता लगाए। यो क्रम खगोलविद्हरूले शताब्दीयौंदेखि जारी राखेका थिए। सन् २००४ देखि २०१७ सम्म क्यासिनीको नामको अन्तरिक्ष यानले शनि ग्रहको नजिकबाट अध्ययन गरेको थियो। यस समयमा धेरै उपग्रह पत्ता लागेको युरोपेली अन्तरिक्ष एजेन्सीले जनाएका छन्। 
अनुसन्धानमा संलग्न प्राध्यापक ब्रेटका अनुसार यदि राम्रोसँग अध्ययन गर्ने हो भने शनि ग्रहसँग बृहस्पतिको तुलनामा तीन गुणाभन्दा धेरै उपग्रह फेला पर्न सक्छन्। तर, अहिलेसम्म सबैको गणना तथा खोज हुन सकेको छैन र खोजकार्य जारी छ। कतिपय खगोलविद्हरूले शनि ग्रहको वरिपरि पहिले कुनै ठूलो उपग्रह रहेको हुन सक्ने र त्यो फुटेपछि यति धेरै स–साना उपग्रहहरू बनेको हुन सक्ने अनुमान गरेका छन्। पछि यी सबै उपग्रहहरू शनिको कक्षमा फरक–फरक दिशामा फैलिएको हुन सक्ने केहीको अनुमान छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





