

जलवायु विश्लेषणमा नयाँ मापदण्ड
काठमाडौं । हावापानी तथा जलवायु विश्लेषणका लागि नयाँ मापदण्ड जारी भएको छ। विश्व मौसम विज्ञान सङ्गठन र वातावरणीय सूचनाका लागि अमेरिकी राष्ट्रिय केन्द्रले संयुक्त रूपमा अद्यावधिक गरेर विश्वव्यापी प्रयोगका लागि बुधबार नयाँ मापदण्ड जारी गरेको हो।
दुई वर्षको अध्ययनपछि जलवायु विश्लेषणको नयाँ मापदण्ड जारी गरिएको विश्व मौसम विज्ञान सङ्गठनले जनाएको छ। यस मापदण्डले यसअघिको सन् १९८१–२०१० को मापदण्डलाई विस्थापित गरेको छ। यसलाई ‘डब्लुएमओ क्लाइमेटोलोजिकल स्ट्यान्डर्ड नम्र्स १९९१–२०२०’ नाम दिइएको छ। यस मापदण्डले उपलब्ध दिन, हप्ता, महिना वा वर्ष औसतभन्दा न्यानो वा चिसो छ वा छैन भनेर मूल्याङ्कन गर्न ३० वर्ष लामो आधाररेखा उपलब्ध गराउँछ। जसलाई जलवायु मानक भनिन्छ।
नयाँ मापदण्डले उपलब्ध गराएका तथ्य ३० वर्षको अवधिमा जलवायुसम्बन्धी तथ्याङ्कको औसतका रूपमा लिइने छ। सङ्गठनका अनुसार यो मापदण्ड बनाउन विश्वका १४० भन्दा बढी देश, हजारौँ भूगोल तथा स्थानबाट तथ्याङ्क सङ्कलन गरी औसत तथ्य अद्यावधिक गरिएको हो। नयाँ मापदण्डले जलवायु परिवर्तनको अनुगमन र जलवायु संवेदनशील क्षेत्रको अध्ययन तथा विश्लेषण गर्न सघाउने विश्वास लिइएको छ। हरेक १० वर्षमा यी मापदण्ड अद्यावधिक गरिनुपर्ने हुन्छ।
सङ्गठनका जलवायु अनुगमन प्रमुख डा. ओमर बद्दुरका अनुसार हरितगृह ग्यासको बढ्दो वायुमण्डलीय आद्रताले पृथ्वीको मौसम पहिलेको तुलनामा धेरै छिटो परिवर्तन भइरहेको छ।
परिणामस्वरूप मौसम विज्ञानसम्बन्धी निकाय, जलवायु–संवेदनशील क्षेत्रका साथै पानी व्यवस्थापन, ऊर्जा, स्वास्थ्य, कृषि र पशुपालन उद्योगमा त्यसको असर पर्छ। त्यसको अनुकूलनका लागि नयाँ आधार मापदण्डको प्रयोग गरेर मौसमको पूर्वानुमान गर्ने, बाली छनोट र रोपणको समय तय गर्नेलगायतका नीति तथा योजना बनाउन सकिन्छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





