मौसम अपडेट : आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने कोशी, मधेस र बागमती प्रदेशका केहि स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
समाज
थप सामाग्री-
जेनजी युवाका नाममा विध्वंस अरूले नै मच्चाए: ओली
-
पर्सामा ट्राफिक प्रहरीद्वारा खुलेआम असुली सुरु, ‘जेनजी आन्दोलन’को मर्ममै चोट
-
थापाथली विवादमा बालेनका ‘इमानदार सिपाही’ राजुनाथ पाण्डे विवादको केन्द्रमा
-
सम्पादकीय : आईजीपी नियुक्तिमा लविङ, लोभ र लाजको अन्तिम परीक्षा
-
आईजीपी नियुक्तिमा सौदाबाजीको छाया : सुशासनको परीक्षामा प्रधानमन्त्री कार्की
आज कार्तिक २३ गते आइतबार, यस्तो छ तपाईको राशिफल
२३ घण्टा अगाडि
4.4kViews 344 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- अरूको भर…



