

अवैध लागूऔषध सहित पक्राउ
कञ्चनपुर माघ १४ । दोधारा चाँदनी नगरपालिका-७ डम्बर चौराह नजिक सडकबाट ४ ग्राम ८ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका-७ बाबाथान बस्ने २४ वर्षीय बिबेक रानामगर, २० वर्षीय रोक्की भन्ने राहुन रानामगर र सोही नगरपालिका-६ शान्ति टोल बस्ने १८ वर्षीय किशोर रहेका छन् । दोधारा चाँदनी नगरपालिका-७ डम्बर चौराह बस्ने प्रेम बहादुर बडुवालको म.२ प ५०८१ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरीले उनीहरुलाई सडकमा बसिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त लागूऔषध तथा चोरी भएको मोटरसाइकल फेला पारेको हो । उनीहरु उपर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दोधारा कञ्चनपुरले जनाएको छ ।
बारा, बिश्रामपुर गाउँपालिका-१ बटम चौकबाट करिब २१ ग्राम ६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत घर भएका ३२ वर्षीय नबाब अंसारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एपि ६०६४ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अंसारीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट करिब १९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २६ वर्षीय अस्फान अन्सारीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, बहुदरमाई नगरपालिका-९ बिश्रपुर भौजे बस्ने ६० वर्षीय गणेश साह कलवार र उनकै छोरा ३४ वर्षीय संतोष साह कलवारलाई करिब ७४ केजी अवैध लागूऔषध गाँजा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले गणेशको घरमा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी दुवैजनालाई पक्राउ गरेको हो ।
यसैगरी पर्सा, बिन्दवासीनी गाउँपालिका-४ अमरपट्टी र झौवाको बिचबाटोबाट करिब ७ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सखुवाप्रसौनि गाउँपालिका-१ दोहोरी टोल बस्ने ३५ वर्षीय सुरेश दास र भारत मोतिहारी भेलाही थाना-१ बस्ने ४२ वर्षीय दसाही दास रहेका छन् । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





