

धमाधम रद्द हुँदै आन्तरिक उडान
काठमाडौँ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ । मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो ।
भनेकै समयमा मौसमसम्बन्धी जानकारी नपाएपछि बिहीबार यति एयरलाइन्सका १० वटा उडान रद्द भएका छन् । काठमाडौँबाट बिरामी बोकेर ओखलढुङ्गा र पोखरा जानुपर्ने हेलिकप्टरले समेत उडान भर्न पाएनन् । प्रतिकूल मौसमकै कारण बिहीबार नेपाल वायुसेवा निगमका दुई, बुद्ध र समिटको एउटा उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । उड्न नपाउँदा यात्रु दिनभरिको प्रतीक्षापछि घर फर्किनुपरेको छ ।यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





