

धरहराको अवशेष संरक्षण गर वा नष्ट
काठमाडौं जेठ २४ । विशेष महत्वको ऐतिहासिक सम्पदा धरहराको तत्कालिन स्वरुप हामीबीच नरहे पनि त्यसको अवशेष बाँकी छ । २०७२ को विनाशकारी भुकम्पले धरहरा निमोठेर लग्यो । त्यस नजिकै धरहराको स्वरुपमा कंक्रिटको टावर धरहराकै नामबाट ठडीएको छ आगामी पुस्ताका लागि । 
जर्मन सरकारले पूर्व र पश्चिम जर्मन एकिकरण हुनु अघि लगाइएको बर्लिन पर्खाल भत्काएता पनि पछिल्लो पुस्ताका लागि भनेरै पर्खालको अवशेष राखिराखेको छ संरक्षणका साथ । बर्लिन पर्खालको अवशेष त्यहाँ पुग्ने विदेशी पर्यटकले बढो चासोका साथ नियाल्ने गरेका हुन्छन् भने कतिपयले त बिक्रीका लागि राखिएको बर्लिन पर्खालको ढुंगा किन्ने पनि गर्छन् ।
प्रथम प्रधानमन्त्री भिमशमसेरले बनाउन लगाएको धरहरा भुकम्पले दुई दुई पटक ढालिदियो । पछिल्लो पटकको भुकम्पले त अवशेष मात्र बाँकी राखिदिएको अवस्था छ । ऐतिहासिक महत्व बोकेको धरहरा ढलेपछि त्यहाँका इट्टा, ढुंगा, काठपात कता हराए ? कोकसले लगे ? पत्तो छैन ।
अवशेष टिनले ओढाएर त राखिएको छ, तर आवश्यक संरक्षणको अभावमा त्यहाँ झारपात पलाएर त्यो पनि कुनदिन ढल्ने हो पत्तो छैन ।
धरहरा बनाउने नाममा कोही प्रधानमन्त्रीले मेरो धरहरा मै बनाउँछु भन्दै डोनेशन उठाए, कति उठ्यो, कति खर्च भयो ? लेखाजोखै रहेन । सत्ताच्यूत हुने संकेत देखेपछि ४० प्रतिशत निर्माण कार्य पनि पूरा हुँदा नहुँदै उद्घाट्न गर्न हतार भयो, तत्कालिन प्रधानमन्त्रीलाई । अहिलेका प्रधानमन्त्रीको सायद त्यो धरहरा तिर ध्यानै गएको छैन होला जस्तो लाग्छ । नत्र त निर्माण कार्यले आवश्यक गति लिनु पर्ने थियो ।
जे होस्, विगतमा तत्कालिन प्रधानमन्त्री भिमशमशेरले बनाइदिएर राजधानीमा एउटा पर्यटकलाई लोभ्याउने धरहरा उभिएकै थियो, भुकम्पले ढालिदियो । पछिल्लो कंक्रिटकै टावर भए पनि धरहराकै नामबाट अर्काे धरहरा ठडीएकै छ, त्यसको आवश्यक र समयानूकुल निर्माण एवम् वास्तविक धरहराको अवशेषको संरक्षण राज्यको दायित्व होइन र ? होइन भने हरिविजोग देखाएर राख्नु भन्दा धरहराको अवशेष हटाइदिनु नै उचित होइन र ?
त्यस्तै विगतमा भुकम्पले धरहरा ढालिदिएको अवस्थामा धरहराको झझल्को दिन कोही कसैको प्रयासमा सुनधारा शहिदगेट चोकमा बनाएको उस्तै दृश्यको फुच्चे धरहरा अबका दिनमा हटाइदिँदा उचित हुन्थ्यो होला । कंक्रिट टावरको धरहराकै अगाडी फुच्चे धरहराले गिज्ज्याइँरहेको आभाष हुन्छ, त्यहाँ पुग्ने जोकोहीलाई ।
–मधु लम्साल, काठमाडौं ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



