

आईजीपी सा’प यो त अल्ली हजम भएन कि ? पुलीस क्लवमा वर्षौदेखि व्यक्तिको सित्तैमा रजगज, किन छैन कसैलाई चासो ?
काठमाडौं ।नेपाल प्रहरीको प्रहरी कल्याण कोषद्धारा सञ्चालित पुलीस क्लव र सोही क्लवसँगै रहेको हेल्थ क्लवमा आँखै अगाडी वर्षौंदेखि प्रहरीकै एक व्यक्तिद्धारा भइरहेको रजगज अर्थात आर्थिक अनियमितता कोही कसैलाई वास्तै छैन ।
माथिल्लै तहका हाकिमको कोही एकजना व्यक्तिले आशिर्वाद प्राप्त गरेको होला भनौं भने झण्डै २ दशकको अवधिमा प्रहरीको नेतृत्व नै दर्जनको हाराहारीमा परिवर्तन भइसकेको अवस्था छ भने अन्य हाकीम त कति परिवर्तन भए, कुरै छाडौं ।
सन्दर्भ हो, नेपाल प्रहरी क्लवमा रहेको चमेना गृहको । झण्डै १८ वर्षदेखि निरन्तर नेपाल प्रहरीका पूर्व सई भरत श्रेष्ठले उक्त चमेनागृह सञ्चालन गर्दै आएका छन् । ३ वर्ष अघि अवकाश भएका भूपू सई भरत श्रेष्ठको अहिलेको फुर्तिफार्ती पनि क्लवकै इन्चार्जको भन्दा कम छैन । र, कोही कसैलाई गन्दैनन्, अनी टेर्दैनन् पनि ।
चमेना गृहको भाडा मात्रै कहाँ हो र ? विजुली, पानीको बिल पनि परैको कुरो चमेना गृहलाई आवश्यक भाँडाकुडा लगायत अन्य सबै सामाग्री उनले पुलिस क्लवकै खर्चमा व्यवस्थापन गर्न लगाउँछन् । क्लवले ‘ज्वाइँ’ पालेजस्तो गर्नु पर्दाको अवस्था त्यहाँका कुनै पनि प्रहरीका सदस्यलाई मन परेको छैन । र, पनि उनलाई कसको संरक्षण छ कुन्नी ? बुझ्नेहरु भन्छन्, ‘हामीलाई त के टेर्थै ? एसएसपी-एसपी सम्मका हाकिमलाई त उनले साथीभाईलाई गर्ने जस्तो व्यवहार पो गर्छन् ।’
चमेना गृह भन्ने वित्तिकै हामी सम्झन्छौं, सस्तो, सफा र सुविधाजनक खाना-खाजाको व्यवस्थापन मिलाउने स्थान । तर, त्यसो होइन, यो बजारमा भन्दा महंगो चमेना गृहका रुपमा चिनिएको छ । सरकारी कार्यालयमा चमेना गृहमा मूल्य सूची झुण्ड्याउनै पर्ने व्यवस्था छ । तर, भरत श्रेष्ठले सञ्चालनमा ल्याएको पुलीस क्लवको चमेना गृहमा मूल्य सूचीका कुरै छाडौं, खाना-खाजाको मुल्य मनपरी असुलीन्छ । त्यही कार्यरत प्रहरीले नै आफ्ना लागि अन्यत्रबाट खाजाको व्यवस्थापन मिलाइरहेका हुन्छन् । बरु, तीनै प्रहरीलाई आफ्नोमा हुने भोजभतेरका लागि आदेशात्मक परिचालन गर्छन् । आफूले गर्ने व्यवसायका लागि प्रहरीलाई नै परिचालन गर्ने गरेको हेल्थ क्लवमा जाने प्रहरीका हाकिमले देखेको नदेख्यै गर्छन् ।
एउटै व्यक्तिले वर्षाैंदेखि गर्दै आएको रजगजमाथि कोही कसैको चासो नरहनु ? नाफा मूलक व्यापार गर्दा पनि न चमेना गृहको भाडा, न बत्ति-पानीको बिल, न भाँडाकुडा आफू व्यवस्थापन गर्ने ? उल्टै आफ्नो व्यवसाय सञ्चालनका लागि प्रहरीलाई नै कामदारका रुपमा परिचालन गर्ने ! यस्तो पनि हुन्छ ? आईजीपी सा’प यो त अल्ली हजम भएन नि ?!
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





