

आज माघ १२ गते शनिबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशेष योजना गोप्य राख्नुहोला । बन्न लागेको काम पनि बिग्रन सक्ने दिन छ, होस पुर्याउनु होला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ। आत्मविश्वास बढ्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आम्दानी प्रशस्तै बढ्नेछ। नँया योजनाहरुको पनि सिर्जना हुने दिन छ। परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ। अधुरा काम बनी मन हर्षित हुने दिन छ। राम्रोसँग कमाई हुनेछ। पठन पाठनमा पनि प्रगति हुनेछ। धन लाभ पनि होला। जागर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्ने छ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा भौतिक साधन जुट्नेछन् । नउठ्ने रकम उठ्ने दिन छ, मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धनको योग छ । टाढाको यात्रा पनि होला । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो ईष्या गर्नेहरू सक्रिय रहनेछन् । छरछिमेकमा झगडा हुन सक्छ, एकदमै सावधान रहनु होला । गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने साथै झै झगडा पनि होला । शरिरमा आलस्यता छाउने देखिन्छ, कसैसँग सामान्य वादविवाद पर्ने देखिन्छ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे नयाँ काममा समय मात्र बित्नेछ । नोकरीमा आज अल्छी लाग्न सक्छ । व्यापारमा सफलताले मन रमाउन छ । धन मनग्य कमाउने अवसर मिल्नेछ, जागीरमा पनि ठिकै छ । मान सम्मान मिल्नेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाइ प्रति रहनेछ। बोल्दा धेरै कामहरु सहज हुनेछन् । धार्मिक काममा मन जानेछ । काममा पनि उत्साहजनक समय छ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते व्यवसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविध लाभ पनि होला । सहयोग र नयाँ मित्रको आगमनले अन्तत आफ्नो मन प्रसन्न हुनेछ, धनको लाभ पनि होला। सोचेका काम बन्नेछन्। केही खर्च लागेपनि सोचेको काम बन्नेछ । सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ, खानपानमा होस पुर्याउनु होला । परिश्रमले आफ्नो लक्ष्य पुरा गर्न सकिनेछ। नोकरी र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नुपर्ने छ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला । सोच्दै नसोचेको ठाँउमा पैसा जाने दिन छ।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे विभिन्न अवसरले पछ्याउने छन् । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । नयाँ काम पाउने योग छ। पढाइमा राम्रै उन्नति गरेर अगाडी बढ्न सकिनेछ, दिन राम्रै छ । आय बृद्धि हुने दिन छ । नयाँ कामको अवसर पनि मिल्ला । अन्नको लाभ पनि हुने दिन छ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ, धनको पनि लाभ होला । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ, ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । कमाई बढ्नाले सुख बढ्नेछ । विगतको श्रमबाट पनि धन लाभ हुनेछ । नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ। साथीभाइसँग भेटघाट पनि होला । नौलो स्थानको यात्रा हुनेछ । रोकिएका कामहरु बन्नेछन् । धनको प्राप्ती पनि होला।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला, सावधान रहनु होला । समय त्यति राम्रो छैन, गलत विचार बढ्ने छ । समयमा सहि निर्णय गर्न सकिदैन । रोगले साताउला, सोच्दै नसोचेको ठाँउमा रुपैँया पैसाको खर्च होला । सोचे अनुसार काम बन्न कठिन छ।
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





