

ब्रेकिड समाचार :नरेन्द्र गुप्ताको ऋद्धीसिद्धीको सुन कारखानामा छापा ठूलो परिमाणमा रकम र सुन बरामद भएको आशंका
काठमाडौं । गएराती अवेर देखि आज विहान सबेरै भित्र न्यूरोडस्थित ऋद्धीसिद्धी सुन पसलको अज्ञात स्थलमा रहेको सुनका गहना बनाउने कारखानामा छापा हानीएको छ । सिवीआई, राजश्व अनुसन्धान वा प्रहरीको कुनै यूनीट मध्यले छापा हानेको हो । छापा हानेर ठूलो परिमाणमा गहना, काँचोसुन र नगद भारु नेरु समेत बरामद गरेको विशेष स्रोतले बताइएको छ । यद्यपि, छापा हानीएको यतीबेर भइसक्दा पनि घट्ना भने गुपचुपमै राखिएको छ । छापा हानिएको बारे कारवाही प्रक्रिया अघि नबढाउने गरी एकापसमा मिलाउने प्रयास दुवै तर्फबाट भइरहेको स्रोतको दावी छ ।
न्यूरोडका सुन व्यापारी मध्येका पटक पटक विवादमा आइरहने नरेन्द्र गुप्ताको ऋद्धीसिद्धी सुन पसलले जर्तीको मुल्य नलाग्ने भन्दै बजार भाउ बिगारेको भन्दै सुन पसलेहरु उप्रति रुष्ट थिए । यसअघि सिवीआई, राजश्व अनुसन्धान, उपत्यका अपराध अनुसन्धान लगायतका निकायमा पनि ऋद्धिसीद्धी र त्यसका सञ्चालक नरेन्द्र गुप्ता विरुद्ध राजश्व छलि गरी तस्करी गरेर ल्याइएको सुन खरिद गरेर गहना विक्री गर्ने नाममा बजार भाऊ विगारेको भन्दै सबै व्यापारी एकजुट भएर ऋद्धीसिद्धी विरुद्ध उजुरी गरेका थिए ।
सुन खरिद गरेको विल भन्दा सयौं गुणा बढी सुन विक्रीको हिसाव देखिँदा ऋद्धिसीद्धीका नरेन्द्र गुप्ता यसअघि नै आफू कुनै पनि बेला कारवाहीको दायरामा आउने डरले चिन्तामा थिए । छापा हानेको घन्टौं भइसक्दा पनि कुनै पनि निकायले उक्त घटनाको जानकारी बाहिर नल्याउनु रहश्यमय देखिएको छ । यस बारेमा हाम्रो खोजी जारी छ ।
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





