

अफगानिस्तानमा भीषण बाढी: कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
काठमाडौं । पूर्वी अफगानिस्तानमा सोमबार परेको भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।
तालिबान सरकारका अनुसार सबैभन्दा बढी प्रभावित नुरिस्तान प्रान्तको राजधानी पारुनमा व्यापक जनधनको क्षति भएको छ। बाढीमा सहरका मेयरसमेत बेपत्ता भएका छन् भने ८० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
बाढीले घर, पसल, नगरपालिका भवनलगायतका संरचनामा ठूलो क्षति पुर्याएको छ। उद्धार उपकरणको अभावका बीच स्थानीय बासिन्दा आफैं बेपत्ताको खोजीमा जुटेका छन्। मौसम विभागले आगामी केही दिन थप भारी वर्षा र बाढीको जोखिम रहेको चेतावनी दिँदै उच्च जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ।
समाज
थप सामाग्री-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
३ दिन अगाडि
2.7kViews 424 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम…





