सीमामा पशु तस्करी प्रयास विफल, झापाबाट भारत लैजाँदै गरिएका ६ गाई–बहर नियन्त्रणमा

झापा । नेपाल–भारत सीमाबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएका ६ वटा गाई तथा बहर बाछा सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ।

भद्रपुर नगरपालिका–३ स्थित किच्चकबध सीमा क्षेत्रमा बिओपी पृथ्वीनगरबाट प्रहरी निरीक्षक मिलन श्रेष्ठको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले करिब ५० हजार रुपैयाँ मूल्य बराबरका पशुहरू नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीले पशुहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी गरेको जनाएको छ। सुरक्षा निकायले सीमा क्षेत्रमा अवैध ओसारपसार तथा पशु तस्करी नियन्त्रणका लागि निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको जनाएको छ।

Facebook Comments Box
TOP
174 Shares