यूके पठाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा महिला पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि यूके पठाइदिने प्रलोभन देखाई १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई माइतीघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शाहीले एक पीडितबाट यूके पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोप छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
138 Shares