निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर तत्काल लागू नहुने : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्तावित ३ प्रतिशत समता कर तत्कालका लागि लागू नगर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि नागरिकको प्रतिक्रिया र चासोलाई मध्यनजर गर्दै उक्त निर्णय पुनरावलोकन गरिएको बताएका हुन्।

यद्यपि, विपन्न नागरिकको पहुँच बढाउने उद्देश्यअनुसार निजी अस्पतालमा १० प्रतिशत बेड तथा निजी क्याम्पस र विश्वविद्यालयमा १० प्रतिशत सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति भने कार्यान्वयन गरिने सरकारको प्रतिबद्धता यथावत् रहेको उनले स्पष्ट पारे।

Facebook Comments Box
TOP
486 Shares