दिल्लीको ‘चलो संसद्’ प्रदर्शन हिंसात्मक, ११८ प्रहरी घाइते; ७० प्रदर्शनकारी पक्राउ

नयाँ दिल्ली । कक्रोच जनता पार्टी (सीजेपी) को ‘चलो संसद्’ प्रदर्शन सोमबार हिंसात्मक बन्दा ११८ जना प्रहरी कर्मचारी घाइते भएका छन् भने करिब ७० जना प्रदर्शनकारी पक्राउ परेका छन्।

दिल्ली प्रहरीका अनुसार प्रदर्शनकारीहरूले निषेधाज्ञा उल्लंघन गर्दै संसद्तर्फ अघि बढ्ने प्रयास गरेपछि झडप भएको थियो। प्रदर्शनका क्रममा ढुंगामुढा, सरकारी सवारीसाधन तथा सार्वजनिक सम्पत्तिमा तोडफोड भएको प्रहरीले जनाएको छ।

झडपमा वरिष्ठ प्रहरी अधिकृतसहित महिला प्रहरी गरी ११८ जना सुरक्षाकर्मी घाइते भएका छन् भने करिब ६० जना प्रदर्शनकारी पनि घाइते भएको बताइएको छ। घटनामा १५ देखि २० वटा सरकारी सवारीसाधनमा समेत क्षति पुगेको छ।

पक्राउ परेका प्रदर्शनकारीविरुद्ध दंगा, सरकारी कर्मचारीमाथि आक्रमण र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको लगायतका अभियोगमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको दिल्ली प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
181 Shares