तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन गर्ने घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र विस्तारका लागि सरकारले पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन गर्न तथा बन्द रहेका रुग्ण उद्योग तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री शाहले ‘ग्रिन गार्मेन्ट भिलेज’ निर्माणको प्रस्तावप्रति पनि सकारात्मक रहेको जनाउँदै पोसाक उद्योगको निर्यात प्रवर्द्धनमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

Facebook Comments Box
TOP
283 Shares