असोज मसान्तभित्र व्यवसाय दर्ता गरे विगतका व्यवसाय कर मिनाहा, १०% छुट पनि

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक ऐन कार्यान्वयन गर्दै असोज मसान्तभित्र व्यवसाय दर्ता गर्ने व्यवसायीलाई अघिल्ला सबै वर्षको व्यवसाय कर मिनाहा गर्ने व्यवस्था गरेको छ।

महानगरका अनुसार यस अवधिभित्र व्यवसाय दर्ता गरेमा १० प्रतिशत छुट समेत प्रदान गरिनेछ। तर, असोज मसान्तपछि दर्ता गरे १ हजार रुपैयाँ अतिरिक्त जरिवाना लाग्नेछ।

नयाँ व्यवस्थाअनुसार व्यवसायलाई प्रकृति, पुँजीगत लगानी र कार्यक्षेत्रका आधारमा १२ विधामा वर्गीकरण गरी दर्ता तथा नवीकरण शुल्क निर्धारण गरिएको छ। साथै, व्यवसाय करको आधार वर्ष आर्थिक वर्ष २०७९/८० कायम गरिएको महानगरले जनाएको छ।

Facebook Comments Box
TOP
255 Shares