

दोलखामा पहिरोले बाख्राको गोठ बगायो, ७३ वर्षीय वृद्ध बेपत्ता
काठमाडौं । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा गएराति आएको पहिरोमा परेर एक जना वृद्ध बेपत्ता भएका छन्।
आज बिहान करिब २ः३० बजे सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिकै गएको पहिरोले बाख्राको गोठ बगाउँदा गोठभित्र रहेका स्थानीय ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएका हुन्।
पहिरोका कारण ड्याममा कार्यरत कर्मचारी बस्ने घरसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनापछि बेपत्ता तामाङको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
सशस्त्र प्रहरी बल नेपालका डीएसपी शैलेन्द्र थापाका अनुसार सिंगटीस्थित विपद् तथा मनसुन प्रतिकार्य बेसबाट विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
३ दिन अगाडि
2.5kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





