IFFHS ले लियोनेल मेस्सीलाई विश्वकप २०२६ को सर्वोत्कृष्ट खेलाडी घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल इतिहास तथा तथ्याङ्क महासंघ (IFFHS) ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को सर्वोत्कृष्ट खेलाडी (Best Player) घोषणा गरेको छ।

३९ वर्षीय मेस्सीले प्रतियोगिताभरि ७ खेलमा ८ गोल र ४ असिस्ट गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्वकप फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएका थिए। IFFHS ले आफ्नो पर्फर्मेन्स इन्डेक्स र औसत ८.३३ म्याच रेटिङका आधारमा, विशेषगरी नकआउट चरणमा देखिएको प्रभावलाई मूल्याङ्कन गर्दै उनलाई उत्कृष्ट खेलाडी चयन गरेको जनाएको छ।

यो निर्णय फिफाको आधिकारिक अवार्डभन्दा फरक रहेको छ। फिफाले विश्वकप २०२६ को गोल्डेन बल स्पेनका कप्तान रोड्रीलाई प्रदान गरेको थियो भने मेस्सी सिल्भर बलका विजेता बनेका थिए। IFFHS ले भने तथ्याङ्क र समग्र प्रदर्शनलाई प्राथमिकता दिँदै मेस्सीलाई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषणा गरेको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
455 Shares