

नेपालमा हाइड्रोजनबाट चल्ने सवारी सञ्चालनको तयारी, सरकारद्वारा सुझाव आह्वान
काठमाडौं । नेपाल सरकारले हाइड्रोजन इन्धनबाट चल्ने सवारी साधन सञ्चालनको तयारी थालेको छ। यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सम्बन्धित सरोकारवालासँग अध्ययन, अनुसन्धान र व्यावहारिक अनुभवका आधारमा लिखित सुझाव मागेको छ।
मन्त्रालयले विश्वविद्यालय, अनुसन्धान संस्था, पेसागत संघ–संस्था, उद्योग, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था तथा अन्य सम्बन्धित पक्षलाई सुझाव पेस गर्न आग्रह गरेको हो। प्राप्त सुझावका आधारमा हाइड्रोजन सवारीको सुरक्षित, व्यवस्थित र दिगो प्रयोग सुनिश्चित गर्ने नीति, मापदण्ड र निर्देशिका तयार गरिने मन्त्रालयले जनाएको छ।
सरकारले स्वच्छ ऊर्जा प्रवर्द्धन, वातावरणीय प्रदूषण न्यूनीकरण र आधुनिक यातायात प्रणाली विकासलाई लक्ष्य राख्दै हाइड्रोजन प्रविधि सम्बन्धी आवश्यक कानुनी तथा प्राविधिक आधार तयार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
३ दिन अगाडि
2.5kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





