बेलायतमा घरायसी बिजुलीको बिलमा ६ महिनासम्म VAT हटाइने, लाखौँ परिवारलाई राहत

लन्डन । बढ्दो महँगी र ऊर्जा खर्चबाट नागरिकलाई राहत दिन बेलायत सरकारले घरायसी बिजुलीको बिलमा लाग्ने ५ प्रतिशत VAT (मूल्य अभिवृद्धि कर) ६ महिनाका लागि हटाउने घोषणा गरेको छ।

सरकारका अनुसार आगामी अक्टोबर १ देखि लागू हुने यस निर्णयबाट लाखौँ परिवारले प्रत्यक्ष आर्थिक राहत पाउनेछन्। औसतमा प्रत्येक घरपरिवारले वार्षिक करिब £४५ (झण्डै ८ हजार रुपैयाँभन्दा बढी) बचत गर्न सक्ने अनुमान गरिएको छ।

यो अस्थायी कर छुटका कारण सरकारले करिब £८५० मिलियन VAT राजस्व गुमाउने अपेक्षा गरिएको भए पनि, उक्त रकम पहिले प्रस्ताव गरिएको £१.८ अर्बको डिजिटल आईडी (Digital ID) कार्यक्रम रद्द गरेर व्यवस्थापन गरिने जनाएको छ।

बढ्दो ऊर्जा मूल्य र महँगीका कारण नागरिकमाथि आर्थिक दबाब बढिरहेका बेला सरकारले जीवनयापनको लागत घटाउने उद्देश्यले यो निर्णय गरेको जनाएको छ। यस कदमलाई महँगीबाट प्रभावित परिवारलाई राहत दिने महत्वपूर्ण उपायका रूपमा हेरिएको छ।

Facebook Comments Box
TOP
221 Shares