

हस्तकला क्षेत्रको विकासबारे महासंघका पदाधिकारीसँग प्रधानमन्त्री बालेनको छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आज नेपाल हस्तकला महासंघका पदाधिकारी तथा प्रतिनिधिहरूसँग हस्तकला क्षेत्रको विकास, प्रवर्द्धन र निर्यात विस्तारका विषयमा छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा हस्तकला उद्योगको वर्तमान अवस्था, उत्पादन वृद्धि, बजार विस्तार, निर्यात प्रवर्द्धन तथा क्षेत्रले भोगिरहेका समस्या र तिनको समाधानका उपायबारे विचार–विमर्श भएको जनाइएको छ।
बैठकमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै नेपाली हस्तकलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि आवश्यक नीतिगत सहयोगबारे पनि छलफल भएको छ।
प्रधानमन्त्री शाहले पछिल्लो समय उद्योग, व्यवसाय, पुँजी बजार, पर्यटन, ऊर्जा तथा विभिन्न निजी क्षेत्रका सरोकारवालासँग नियमित संवाद गर्दै नीतिगत सुधार र समस्या समाधानका विषयमा छलफललाई निरन्तरता दिँदै आएका छन्।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
३ दिन अगाडि
2.5kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





