

प्रधानमन्त्री बालेन: हस्तकला क्षेत्रको विकास, विस्तार र संरक्षणमा सरकार प्रतिबद्ध
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूसँग भएको छलफलमा उहाँले हस्तकला क्षेत्रलाई प्राथमिकता दिने नीति निर्माण, रोजगारी सिर्जना, परम्परागत सीपको पुस्तान्तरण तथा कला संरक्षणमा सरकार दृढ रहेको बताउनुभयो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा हस्तकला विकास बोर्ड गठन, हस्तकला दिवसलाई राष्ट्रिय स्तरमा मनाउने, हस्तकला सामग्री निर्यातमा बिजक मूल्यांकन अनिवार्य गर्ने, काठमाडौं उपत्यकामा हस्तकला ग्राम स्थापना तथा सातै प्रदेशमा सीप प्रशिक्षण केन्द्र सञ्चालन गर्ने विषयमा महासंघका मागप्रति सकारात्मक प्रतिक्रिया दिनुभएको छ। सरकारले हस्तकला क्षेत्रको प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि आवश्यक नीतिगत सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको जनाएको छ।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
३ दिन अगाडि
2.5kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





