मन्त्रिपरिषद्का ७ महत्त्वपूर्ण निर्णय सार्वजनिक, शिक्षा–स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा

काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले सातवटा महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय भएको जानकारी दिएका छन्।

सरकारका अनुसार आर्थिक ऐन, २०८३ को दफा १८ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा हटाइनेछ।

बैठकले विशेष अदालतको अध्यक्षमा वासुदेव आचार्य, श्रम अदालतको अध्यक्षमा दीपेन्द्र अधिकारी तथा गुठी संस्थानको प्रशासकमा शैलेशराज कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, २०८५ भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्कमा १०० प्रतिशत तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले मिटरब्याज प्रभावितसँग भएको सम्झौता अनुमोदन गर्दै मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजैदेखि अवैध घोषणा गर्ने निर्णय गरेको छ। साथै, गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गर्ने निर्णय पनि गरेको छ।

Facebook Comments Box
TOP
Shares