गेटा विश्वविद्यालयमा बेड अभाव टार्न नेपाली सेनाको होल्डिङ सेन्टरका शय्या स्थानान्तरण गरिने

काठमाडौं । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा अस्पताल) मा शय्याको अभाव टार्न नेपाली सेनाले कोरोना महामारीका बेला निर्माण गरेको होल्डिङ सेन्टरका बेड स्थानान्तरण गरिने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि यसै शैक्षिक वर्षदेखि पठनपाठन सञ्चालन गर्ने तयारीमा रहेको गेटा विश्वविद्यालयमा आवश्यक शय्या व्यवस्थापन गर्न नेपाली सेनाको होल्डिङ सेन्टरका बेड हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ।

कोरोना महामारीका समयमा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको समन्वयमा नेपाली सेनाले धनगढी तथा गौरीफन्टा नाका क्षेत्रमा निर्माण गरेको होल्डिङ तथा आइसोलेसन सेन्टर हाल प्रयोगविहीन अवस्थामा रहेका छन्। त्यहाँ रहेका बेड तथा केही स्वास्थ्य पूर्वाधार गेटा अस्पतालमा स्थानान्तरण गरी उपयोगमा ल्याइने तयारी गरिएको हो।

सरकारले हालै गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पताल (Teaching Hospital) का रूपमा सञ्चालन गर्ने निर्णय गरेसँगै शय्या विस्तारको आवश्यकता बढेको छ। सार्वजनिक खरिद प्रक्रियाबाट नयाँ बेड खरिद गर्दा समय लाग्ने भएकाले तत्काल आवश्यकता पूरा गर्न होल्डिङ सेन्टरका बेड प्रयोगमा ल्याउने निर्णय गरिएको जनाइएको छ।

सरकारका अनुसार यस कदमले कोरोना महामारीका बेला निर्माण गरिएका पूर्वाधारको सदुपयोग हुनुका साथै सरकारी खर्च बचत हुने र चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार आवश्यक शय्या व्यवस्थापन गरी विश्वविद्यालयको शैक्षिक तथा स्वास्थ्य सेवा सञ्चालनमा सहजता पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
३ दिन अगाडि

1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…

TOP
496 Shares