२६ दिनपछि सोनम वाङ्चुकले तोडे आमरण अनसन, जन्तर–मन्तरको आन्दोलन भने जारी रहने

काठमाडौं । भारतका वातावरण अभियानी सोनम वाङ्चुकले २६ दिन लामो आमरण अनसन अन्त्य गरेका छन्। उनले बिहीबार राति गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र डा. जितेन्द्र सिंहको उपस्थितिमा अनसन तोडेका हुन्।

सामाजिक सञ्जाल एक्स (X) मार्फत वाङ्चुकले लामो वार्तापछि तथा देशमा सम्भावित हिंसालाई ध्यानमा राख्दै अनसन अन्त्य गर्ने निर्णय गरेको बताएका छन्। उनले विभिन्न राजनीतिक दलका ६५ सांसदले भेटेर तथा पत्रमार्फत अनसन अन्त्य गर्न आग्रह गरेको जानकारी पनि दिएका छन्।

वाङ्चुकले अनसनका क्रममा भएका सहमतिबारे छिट्टै छुट्टै भिडियोमार्फत जानकारी दिने बताएका छन्। साथै उनले आफ्ना समर्थकलाई कुनै पनि प्रकारको हिंसा हुन नदिन संयमित रहन आग्रह गरेका छन्।

अनसन अन्त्य भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाङ्चुकको स्वास्थ्यप्रति चासो व्यक्त गर्दै चिकित्सकको सल्लाहअनुसार उपचार गराउन र शीघ्र स्वास्थ्यलाभको शुभकामना दिएका छन्।

यता, कक्रोच जनता पार्टी (CJP) का संस्थापक अभिजित दिप्केले वाङ्चुकको अनसन अन्त्यको स्वागत गर्दै उनको साहस र त्यागको प्रशंसा गरेका छन्। उनले आन्दोलनका मूल माग भने यथावत् रहेको उल्लेख गर्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र शिक्षा प्रणालीमा सुधारको मागसहित नयाँदिल्लीको जन्तर–मन्तरमा शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन्।

Facebook Comments Box
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
२ दिन अगाडि

1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…

TOP
338 Shares