

नेपालमा अब २०० र ५०० दरका भारतीय रुपैयाँ चल्ने, राष्ट्र बैंकले गर्यो औपचारिक व्यवस्था
काठमाडौं । नेपालमा अब भारतीय रुपैयाँ (भारु) २०० र ५०० दरका नयाँ नोटहरू औपचारिक रूपमा चल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले आवश्यक प्रक्रियागत व्यवस्था मिलाउँदै यी दरका नोटको प्रयोग तथा सटही सुविधा खुला गरेको हो।
राष्ट्र बैंकका अनुसार नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म २०० र ५०० दरका नयाँ नोट नेपाल ल्याउन वा भारत लैजान पाउनेछन्।
यस व्यवस्थाअनुसार सन् २०१६ नोभेम्बर ९ पछि भारतीय रिजर्भ बैंक (RBI) ले जारी गरेका नयाँ २०० र ५०० दरका नोट मात्र मान्य हुनेछन्। साथै बैंक तथा वित्तीय संस्थामार्फत ती नोट सहज रूपमा सटही गर्न सकिने व्यवस्था गरिएको छ।
यद्यपि सन् २०१६ को नोटबन्दीअघि जारी भएका पुराना ५०० र १,००० दरका नोट भने पूर्ण रूपमा प्रतिबन्धित रहनेछन्। त्यस्तै २,००० दरको भारतीय रुपैयाँको नोट नेपालमा ल्याउन, लैजान वा राख्न पनि अनुमति दिइएको छैन।
राष्ट्र बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य देशबाट भारु नेपाल ल्याउन नपाउने व्यवस्था यथावत् रहेको जनाएको छ।
यो निर्णयले विशेषगरी नेपाल भ्रमणमा आउने भारतीय पर्यटक तथा सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई खुद्रा पैसाको समस्या समाधान गर्न सहयोग पुग्ने र पर्यटन तथा सीमापार व्यापारलाई सहज बनाउने अपेक्षा गरिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
ट्राफिक जरिवाना होइन, अनुशासन चाहिन्छ : आईजीपी कार्की
-
त्रिभुवन विमानस्थलभित्रको कथित ‘सेटिङ’ : सुशासनमाथि गम्भीर प्रश्न, सरकार कहिलेसम्म मौन?
-
त्रिभुवन विमानस्थलमा एनओसी छल्ने ‘सेटिङ’ ? निर्देशक टंकनिधि दाहालमाथि गम्भीर आरोप, भारतीय नागरिक पक्राउपछि फेरि उठ्यो सुरक्षा प्रश्न
-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
३ दिन अगाडि
1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…





