जापानमा १० मिनेटमै शरीर चिस्याउने ‘ह्युमन फ्रिज’ सार्वजनिक

काठमाडौं । अत्यधिक गर्मीको बढ्दो प्रभावबीच जापानमा मानिसलाई छिट्टै चिस्याउन सक्ने विशेष ‘पर्सनल कुलिङ बुथ’ (ह्युमन फ्रिज) सार्वजनिक गरिएको छ।

‘डो हिएमोन’ (Do Hiemon) नाम दिइएको २.१ मिटर अग्लो स्टेनलेस स्टिलको यो बुथले मानिसको शरीरलाई १० मिनेटभित्रै पूर्ण रूपमा चिस्याउने दाबी गरिएको छ।

बुथभित्रको तापक्रम १५ डिग्री सेल्सियस कायम राखिएको छ भने टाउको, गर्धन र काँधमा ५ डिग्री सेल्सियसको चिसो हावा प्रवाह गरी हिट स्ट्रोक तथा अत्यधिक गर्मीका कारण हुने थकानबाट तत्काल राहत दिने प्रविधि जडान गरिएको बताइएको छ।

निर्माताका अनुसार एसी वा पङ्खाभन्दा छिटो काम गर्ने यो बुथ सञ्चालन गर्न प्रतिघण्टा करिब ७ पेन्स (झन्डै १२ रुपैयाँ) बराबरको मात्र विद्युत् खर्च हुने बताइएको छ।

यसको मूल्य १५ लाख येन (करिब ६ हजार ९ सय पाउन्ड अथवा १२ लाख ४० हजार नेपाली रुपैयाँभन्दा बढी) तोकिएको छ। जलवायु परिवर्तनका कारण ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम सामना गरिरहेका क्षेत्रका मानिसका लागि यो प्रविधि उपयोगी हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
२ दिन अगाडि

1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…

TOP
302 Shares